अमेरिकामा दैनिक ४ सयको मृत्यु, तर बाइडेनले भने – कोरोना महामारी समाप्त भयो
अमेरिकी राष्ट्रपति जो बाइडेनले देशमा कोरोना महामारी समाप्त भएको घोषणा गरेका छन् । जबकि कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । बाइडेनले भने, 'हामी अझै समस्यामा छौँ, तर चीजहरू द्रुत गतिमा सुधार भइरहेको छ।’
केही दिनअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले पनि ‘कोरोना महामारीको अन्त्य नजिक देखिएको’ बताएका थिए। सीबीएस न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति जो बाइडेनले अमेरिकाले भाइरस नियन्त्रण गर्न अझै ‘धेरै काम’ गरिरहेको जानकारी दिए ।
अगस्टमा अमेरिकी अधिकारीहरूले कोरोना महामारीका कारण जनवरी २०२० मा लागू गरिएको स्वास्थ्य आपतकाललाई अक्टोबर १३ सम्म लम्ब्याएको थियो।
कोरोना भाइरसका कारण अहिलेसम्म अमेरिकामा १० लाखभन्दा बढीको मृत्यु भइसकेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार दैनिक औसत ४०० भन्दा बढीको मृत्यु भइरहेको छ । गत साता कोरोनाका कारण तीन हजारभन्दा बढीको मृत्यु भएको थियो ।
यसको तुलनामा जनवरी २०२१ मा कोभिडका कारण एक हप्तामा २३ हजारभन्दा बढीको मृत्यु भएको थियो । अमेरिकी जनसंख्याको ६५ प्रतिशत पूर्ण रूपमा खोप लगाइएको छ। हालैका दिनहरूमा विश्व कोरोना महामारीबाट निको हुनेमा केही आशा देखिए पनि मानिसहरूले सावधानी अपनाउनु पर्ने स्वास्थ्य अधिकारीहरू बताउँछन्।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण