बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

खल्ती डिजिटल वालेटका ग्राहकले फोनपे क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने

मङ्गलबार, ०४ असोज २०७९, ११ : ४२
मङ्गलबार, ०४ असोज २०७९

खल्ती डिजिटलका ग्राहकले खल्तीको मोबाइल एप्स्मार्फत पहिलोपटक फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म अथवा बढीमा सय रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन् । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे र डिजिटल वालेट खल्तीका ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो । 

सम्झौता पत्रमा खल्तीका प्रयोगकर्ता विभागका प्रमुख अविनास गुप्ता र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट प्रमुख रुशान्त श्रेष्ठका बिचमा हस्ताक्षर भएको छ । यो योजना असोज ४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । नेपालीहरुको महान चाड दशैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उदेश्यले यो योजना ल्याइएको हो । फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ ।  

यसैबीच फोनपेले नेपालीहरुको महान चाड दशैँलाई लक्षित गर्दै ‘चाडवाडमा जीवन सहज बनाऔँ,नगद छाडौँ, फोनपे गरौँ’ योजना सुरु गरेको छ । यस योजना अन्तरगत हरेक दिन फोनपे क्यूआर गर्ने,फोनपे डाइरेक्ट गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद रु एक लाख जित्न सकिनेछ । 

यसैगरि क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले दैनिक सामसुङ्गको फोन जित्न सकिनेछ । ग्राहकहरुका लागि यो योजना असोज ४ गते देखि असोज १४ गतेसम्म लागु हुनेछ भने मर्चेन्टहरुले कार्तिक १२ गतेसम्म हरेक दिन मोबाईल जित्न सकिने कम्पनीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप