अस्ट्रेलियाको समुद्री तटमा सामूहिक रुपमा फसेका १४ समुद्री ह्वेल मरे
बुधबार, ०५ असोज २०७९, ०८ : ५०
अस्ट्रेलियाका वन्यजन्तु अन्वेषकहरूले बुधवार तास्मानिया राज्यको एक दुर्गम समुद्री तटमा एक दर्जन भन्दा बढी ह्वेलहरू सामूहिक रूपमा फसेको कारण मरेको जनाएका छन् । यस हप्ताको सुरुमा तस्मानियाको उत्तरी तटमा रहेको किङ आइल्याण्डमा १४ वटा ह्वेल फेला परेका थिए ।
राज्यको संरक्षण निकायका जीव वैज्ञानिक र पशु चिकित्सकले अनुसन्धान गर्न सानो टापुमा यात्रा गरेका छन् । तर, हवाई सर्वेक्षणका क्रममा अन्य ह्वेल फसेको फेला नपरेको जनाइएको छ ।
सोमबार मृत फेला पर्नु अघि ह्वेलहरू सम्भवतः आइतबार आफैं समुद्र तटमा पुगेको सरकारी संरक्षण निकायका वन्यजन्तु जीव वैज्ञानिक क्रिस कार्लियोनले बताए । सन् २०२० मा पश्चिम तस्मानियामा ४७० ह्वेल फसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण