मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाको समुद्री तटमा सामूहिक रुपमा फसेका १४ समुद्री ह्वेल मरे

बुधबार, ०५ असोज २०७९, ०८ : ५०
बुधबार, ०५ असोज २०७९

अस्ट्रेलियाका वन्यजन्तु अन्वेषकहरूले बुधवार तास्मानिया राज्यको एक दुर्गम समुद्री तटमा एक दर्जन भन्दा बढी ह्वेलहरू सामूहिक रूपमा फसेको कारण मरेको जनाएका छन् । यस हप्ताको सुरुमा तस्मानियाको उत्तरी तटमा रहेको किङ आइल्याण्डमा १४ वटा ह्वेल फेला परेका थिए ।

राज्यको संरक्षण निकायका जीव वैज्ञानिक र पशु चिकित्सकले अनुसन्धान गर्न सानो टापुमा यात्रा गरेका छन् । तर, हवाई सर्वेक्षणका क्रममा अन्य ह्वेल फसेको फेला नपरेको जनाइएको छ । 

सोमबार मृत फेला पर्नु अघि ह्वेलहरू सम्भवतः आइतबार आफैं समुद्र तटमा पुगेको सरकारी संरक्षण निकायका वन्यजन्तु जीव वैज्ञानिक  क्रिस कार्लियोनले बताए । सन् २०२० मा पश्चिम तस्मानियामा ४७० ह्वेल फसेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप