शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व आईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

बुधबार, ०५ असोज २०७९, २० : ४९
बुधबार, ०५ असोज २०७९

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन् । बिहीबार एमाले मुख्यालय च्यासलमा उनलाई प्रवेश गराउने कार्यक्रम राखिएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी प्रवेश गराउने भएका हुन् । रातोपाटीसँग कुरा गर्दै पूर्व आईजीपी खनालले मुलुकको समुन्नतिका लागी एमालेमा आबद्ध भएर काम गर्न लागेको बताए । उनले भने–‘मेरो कुनै स्वार्थ छैन, देशहितमा केही गरौँ भनेर नै नेकपा एमालेलाई रोजेको हुँ ।’ 

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा खनाल आईजीपी थिए । महानगरीय अपराध महाशाखाको प्रमुख हुँदा उनकै निर्देशनमा गुण्डा नाइके कुमार घैँटेको इन्काउन्टर गरिएको थियो । खनाल आईजीपी हुँदा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा आबद्ध कुमार पौडेललाई प्रहरीले इन्काउन्टर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप