बजाजले ल्यायाे 'ग्रान्ड एक्स्चेन्ज फेस्ट' योजना
बजाज मोटरसाइकलको लागि नेपालको एकमात्र आधिकारीक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले “ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन” नाराको साथ “बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट”योजना ल्याएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने यो एक्स्चेन्ज योजना असोज ७ गतेदेखि असोज १० गतेसम्म लागु हुनेछ ।
यस योजना अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइकसँग बजाजको नयाँ बाइक साट्न सक्नेछन् । यसरी साटिएको बाइकको १८ भन्दा बढी भ्यालुएटर्सबाट भ्यालुएसन गर्न सकिनुको साथै प्रचलित बजार भ्यालुएसन भन्दा रु. सात हजार थप मूल्य पनि पाउन सकिनेछ । सरल किस्ताबन्दी र न्युनतम डाउन पेमेन्टको साथ उपलब्ध यो योजनामा उपभोक्ताहरुले सात हजारसम्मको नगद छुट पनि प्राप्त गर्न सक्नेछन् । यसको साथै हरेक दिन एक जना भाग्यशाली विजेताले सामसङ एम सिरिजको मोबाइल र आकर्षक डोर प्राइजेजहरु जित्न सक्नेछन् ।
यस एक्स्चेन्ज योजनाअन्तर्गत उपभोक्ताहरुले टेस्ट राइड पनि लिन सक्नेछन र टेस्ट राइडमा सहभागि उपभोक्ताहरुले पनि आकर्षक उपहारहरू जित्न सक्नेछन्। यस एक्स्चेन्ज कार्यक्रममा उपभोक्ताहरूले विभिन्न निःशुल्क एसेसरिजहरु पनि पाउन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण