दराजले अब डेलिभरीका लागि विद्युतीय स्कुटर प्रयोग गर्ने
वातावरण मैत्री सञ्चालन तर्फ अघि बढ्ने उद्देश्यका साथ नेपालको अग्रणी अनलाइन बजार दराजले अब डेलिभरीको लागि विद्युतीय बाइक प्रयोग गर्ने घोषणा गरेको छ। कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक बाइक खरिद गरेको जनाएको छ, जसलाई काठमाडौं उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिनेछ ।
विशेष गरी धुम्बाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेल लगायतका केही क्षेत्रका ग्राहकलाई सामान पुर्याउन विद्युतीय बाइकको प्रयोग गरिने छ।
यस नयाँ पहलमार्फत, दराजले आयातित इन्धनको खपतलाई स्वदेशमै उत्पादन हुने 'क्लिन एण्ड ग्रिन' बिजुलीले प्रतिस्थापन गर्ने र वातावरणमा कार्बन फुटप्रिन्ट कम गर्ने अपेक्षा गरेको छ। साथै, कम्पनीले दुई र चार पाङ्ग्रे दुवै खण्डमा आफ्नो फ्लीटमा विद्युतीय सवारी साधनको संख्यालाई थप विस्तार गर्ने योजना रहेको पनि बताएको छ।
दराजकी प्रबन्ध निर्देशक आँचल कुँवर भन्छिन्, “यो दराजमा दिगो तथा वातावरण मैत्री सञ्चालन तिरको थप एक कदम हो। हाम्रा डेलिभरी सवारी साधनहरुमा १० वटा विद्युतीय स्कुटरहरू थपिएका छन्। हामी हरियाली नेपाल निर्माण गर्न मद्दत गर्ने उपायहरू कार्यान्वयन गर्न सधैं अग्रसर रहनेछौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण