इन्द्रसरोबरमा उपाध्यायको एल्बम ‘श्लेषा’ सार्वजनिक
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको एल्बम ‘श्लेषा’ सार्वजनिक गरिएको छ । शनिबार विहान कुलेखानी स्थित मनोरम ताल इन्द्रसरोबरमा डुङ्गा माथि विमोचन गरिएको हो ।
गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणि देवकोटा, संगीतकार तथा उपन्यसकार सन्तोष श्रेष्ठ, गायक सागर अधिकारी ‘शरद’, मिलाप फाउण्डेसनकी अध्यक्ष गीता अधिकारीलगायतले इन्द्रसरोबरको तालमाथी डुङ्ग विमोचन गरेका थिए । कार्यक्रममा गीतकार डा. उपाध्यायले आफूले आफ्ना सिर्जना हरेक समय फरक तरिकाले प्रस्तुत गर्ने गरेकोले त्यसैको निरन्तरतनका लागि तालमाथी विमाेचन गरिएको बताए ।
एल्बममा राखिदिए जिन्दगीको, मेरो चुल्बुले चुल्बुले, सन्तानको शीर, आऊ न आऊ, चौबन्दी चोलीमा, सुहाग रातमा, जूनेली उज्यालोमा, सृष्टिको कुनै, सपनीमा आउँछ्यौ, सिम्पल तरिका, विश्वभरी अमर, रुख रोपौं, मन मस्त मस्त, धन्यवाद धन्यवाद, नलाऊ नजर, जब नजरको, दशैँ तिहार, भि मनमा, झिमझिम परेली, आँखा मान्दैन, यही बाचा, चाहन्छु म तिम्रै, चौतारीमा कति मिठो, आँखामा संगालेर, जवानीमा पहिलो पाइला र गाँसेर प्रिती जस्ता २६ वटा गीत समेटिएका छन् ।
एल्बममा गीतमा सागर अधिकारी, अस्मिता अधिकारी, प्राश्ना पाण्डे, मनोज राज, मेलिना राई, शुरेश लामा, रामचन्द्र काफ्ले, मिलन नेवार, आनन्द कार्की, डीआर उपाध्याय, अनु चौधरी, सन्तोष श्रेष्ठ, विष्णु भट्ट, विजय परियार, शृंखला जोशी, योगेश काजी, यम बराल, सुरुची पन्थी, कृष्णभक्त राई, कविता शिवाकोटी, सपना अधिकारी, प्रविन बेड्वाल, ज्ञानु राणा जस्ता गायक गायिकाले स्वर दिएका छन् ।
गीत संगीत तथा विविध विधामा ११० विश्व कीर्तिमान कायम गरेका डा .उपाध्यायका १४ उपन्यास पाठकमाझ आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण