‘प्रेमगीत ३’ को विवादास्पद समाचारप्रति बोर्डको ध्यानाकर्षण
चलचित्र विकास बोर्डले शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘प्रेमगीत ३’ को सरोकारवालाले हिन्दी स्वरांकनको बिषयलाई लिएर बोर्डका पदाधिकारी तथा सदस्यहरूप्रति गरिएको भ्रामक, अतिरञ्जित, कपोकल्पित, लान्छनायुक्त, विवादास्पद समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष भुवन केसीले जारी गरेको विज्ञप्तिमा शुक्रबारदेखि रिलिजमा आएको ‘प्रेमगीत ३’ को कर चुक्ता नै नभएका कारण हिन्दी स्वरांकनलाई अनुमति नदिइएको समेत स्पष्ट गरिएको छ । कर चुक्ता हुनासाथ पुनः स्वरांकनको अनुमति शुक्रबार दिएको र आइतबार सेन्सर सिफारिसका लागि निवेदन दिएको समेत बोर्डले जनाएको छ ।
यस बिषयमा सञ्चारमाध्यममा आएका खबरहरूलाई लिएर बोर्डले खेद प्रकट गरेको छ । साथै, आगामी दिनमा समाचार प्रकाशन, प्रशारण तथा टिका टिप्पणी गर्दा सत्य तथ्यका आधारमा रही गर्न समेत बोर्डले सबैलाई आग्रह गरेको छ ।
यस्तो छ बोर्डको विज्ञप्ति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण