टाटा मोटर्सको दसैँ अफर सार्वजनिक
सोमबार, १० असोज २०७९, १४ : ४१
नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्गले प्यासेन्जर भहिकल सेग्मेन्टका लागि दसैँको अवसरमा एक अफर ल्याएको छ । जसअनुसार गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिनेछ ।
जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन प्राप्त गर्न सकिने छ भने यससँगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यसका साथै निःशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाइनान्सको सुविधा लगायतका विशेष आर्कषणहरु रहेका छन् ।
ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न पनि सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण