‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण मंसिरमा हुने
मण्डला थिएटरले ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण घोषणा गरेको छ । सोमबार एक कार्यक्रमका बीच थियटरले महोत्सवको विभिन्न पक्षको समेत जानकारी गराएको हो ।
आगामी मंसिर ९ देखि १७ गतेसम्म आयोजना हुने महोत्सवमा १६ देशका २३ नाटक मञ्चन हुनेछ । महोत्सवमा नेपालका तर्फबाट ५ नाटक सहभागी हुँदैछ । १० हजार बढी दर्शकको सहभागिता अपेक्षा गरिएको महोत्सवमा २०० कलाकारको अभिनय रहनेछ ।
महोत्सवमा नेपालसहित इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, अमेरिका, बेलायत लगायत १४ देशका नाटक मञ्चन हुनेछ । महोत्सवको नारा ‘सामाजिक रुपान्तरणका लागि रगमञ्च, विविधताको उत्सव’ राखिएको छ । विदेशबाट सहभागी नाट्यकर्मीले कार्यशाला गर्ने महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी र अन्तरक्रिया समेत आयोजना हुनेछ ।
कार्यक्रममा एक लाख रुपैयाँ राशि रहेको इनोभेटिभ आइडिया अवार्ड समेत घोषण गरियो । कार्यक्रममा अभिनेता दयाहाङ राई, अनुप बराल लगायतको सहभागिता रहेको थियो । महोत्सव भव्य र नेपालका लागि उपलब्धि मूलक हुने महोत्सवका संयोजक विजया कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण