२९ पुसमा साम्राज्ञी ‘तिम्रो मेरो साथ’
मङ्गलबार, ११ असोज २०७९, २३ : ०५
अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ २९ पुसबाट प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्माता तथा निर्देशक रमेश एमके पौडेलले मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको रिलिज मिति घोषणा गरेका हुन् ।
प्रेम कथामा निर्माण भएको फिल्ममा साम्राज्ञीको जोडी अभिनेता पुष्प खड्का बनेका छन् । फिल्ममा सन्दीप क्षेत्री र सरोज खनालको समेत मुख्य भूमिका रहेको छ । फिल्मको पटकथा लेखन तथा कार्यकारी निर्माण चाहिं सबीर श्रेष्ठले गरेका छन् । फिल्ममा शिव ढकालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन छ ।
बोधी एचडी र आर्यन फिल्मस्को ब्यानरमा बनेको फिल्म नेपाल भन्दा पहिले अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका देशहरुमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण