११ देशमा आयोजना हुँदै ‘साकुरा नाईट’
अष्ट्रेलियामा रहेको डि ब्वाईज ईभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेशनले अष्ट्रेलियाको विभिन्न सहरमा ‘साकुरा नाईट सिजन ५’ आयोजना गर्ने जनाएको छ । मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै आयोजकले कार्यक्रमबारे जानकारी दिएको हो ।
काली प्रशान्त तामाङ, सन्दीप क्षेत्री, शिव परियार, नरेश भट्टराई, मिलन अमात्य, प्रशान्त ताम्राकार, कमल खत्री, नम्रता सापकोटा, मेलिना मैनाली र समिक्षा अधिकारीलगायतका कलाकारको प्रस्तुति रहने कार्यक्रम क्यानबेरा, सिड्नी, मेलवर्न र पर्थ लगायतका सहरमा कम्तीमा ७ शोको तयारी भइरहेको छ ।
अघि नेपाल र जापानमा केही कार्यक्रम गरिसकेको आयोजकले सूर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले कार्यक्रम ११ देशमा पनि आयोजना हुने जानकारी दिए । अष्ट्रेलियामा कार्यक्रम ग्लोबल मिडियासँगको सहकार्यमा साकुरा नाईटसिजन ५ को आयोजना डि ब्वाईज इभेन्ट्सका प्रतिनिधि गणेश मल्ल ठकुरीले बताए । कार्यक्रम डिसेम्बर १३ तारिकदेखि २१ तरिकसम्म आयोजना हुनेछ ।
विश्वभर नेपाली गीत संगीतको प्रवद्र्धन र नेपाली कला संस्कृतिको संरक्षणका लागि सूर्य कर्पोरेशनले निरन्तर फिल्म अवार्ड र साकुरा नाइटको आयोजना गरिरहेको कार्यक्रम संयोजक कार्यक्रमका संयोजक समीर बलामीले बताए । कर्पोरेशनले २०२३ मा सूर्य इन्टरनेशनल अवार्डको तेश्रो संस्करण अमेरिकामा आयोजना गर्न लागेको समेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण