सिप्रदियन सहायताद्वारा १९ स्थानमा यात्रु सहायता कक्ष संचालन
सिप्रदियन सहायता संस्थाले महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी र यातायात व्यवस्था विभागको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै काठमाडौं उपत्यका र पोखरासहित १९ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्षको व्यवस्था गरेको छ ।
दसैँ मनाउन उपत्यका छोड्ने यात्रुहरूको सङ्ख्य उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु,नयाँ बसपार्क, स्वयम्भू, चावहिल, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष शुरु गरिएको छ। यस्तै उपत्यका बाहिर बनेपा, धुलिखेल र काभ्रे भन्ज्याङ र पोखराका दुई स्थानमा पनि यात्रु सहायता कक्ष शुरु गरिएको छ।
विगतका वर्षभन्दा यो वर्ष यात्रुको संख्या अधिक बढ्ने देखिएकोले यात्रुहरुलाई टिकट बुकिङका क्रममा विभिन्न समस्याहरु नआओस् भनेर यो सेवा दिइएको बताइएको छ। उपभोक्ता संघ तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो महंगो टिकट मूल्य, टिकट नपाउने जस्ता गुनासो आइरहेकोले त्यसलाई न्यूनिकरण गर्ने उद्देश्यले सहायता कक्ष राखिएको हो।
यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षा सम्बन्धि सु-सूचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
-
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
-
तलब बढाउन नेपाल राष्ट्रिय कर्मचारी संगठनको माग
-
गैरकानुनी रूपमा विदेश गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्ने गरी छुट्टै कोष स्थापना गरिने
-
विमल निभाका तीन कविता
-
‘गर या मर’को खेलमा वर्षा खलनायक बन्ने डर