सिमरामा सुविधासम्पन्न सिनेमा हल सञ्चालनमा
जीतपुर सिमरा उपमहानगर,२ सिमरामा सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ । सिमराका ब्यवसायी कासिम मियाँ, रोसित उन्निथान, राजन उप्रेती र सुदीप लामाको करिव १८ करोड लगानीमा निमार्ण भएको सिनेमा हल सोमबारदेखि सञ्चालनमा आएको हो ।
संचालनमा आएको केएसआर सिनेमा हल सिमराकै पहिलो हो । यसअघि यस क्षेत्रबाट चलचित्र हेर्न दर्शकलाई वीरगन्ज र हेटौडासम्म पुग्नुपर्ने बाध्यता रहेको थियो । केही समयअघि सिमरामा करोडौंको लगानीमा बिजनेश सेन्टर सुरु गरेका व्यवसायीले दुई वटा स्क्रिनसहितको सुविधासम्पन्न सिनेमाहल संचालनमा ल्याएका हुन् । सोमवारदेखि सञ्चालनमा आएको केएसआर सिनेमाहलमा चलचित्र ‘प्रेम गीत ३’ प्रदर्शन भएको छ ।
सिनेमा हलको उद्घाटन गर्दै पूर्व श्रम मन्त्री किसान श्रेष्ठले शहरोन्मुख सिमरामा सिनेमा हल संचालनमा आउनु चलचित्र प्रेमीहरूका लागि मात्र नभई सम्पूर्ण क्षेत्रका लागि गौरवको विषय भएको बताएका छन् । विकसित शहरको रुपमा रुपान्तरित हुदै गएको सिमरामा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । सिनेमा हल उद्घाटनका क्रमममा प्रेम गीत ३, कलाकारहरु समेतको उपस्थिती रहेको थियो ।
पथलैया–वीरगञ्ज औधोगिक करिडोर, उपमहानगरसँगै जोडिएको काठमाडौ–तराई मधेश द्रुतमार्ग, प्रस्तावित दोस्रो निजगढ अन्तराष्ट्रिय विमानस्थलका कारण बाराको सिमरा केन्द्रीत लगानीहरु भित्रिदै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण