के हो रेबिज, कसरी बच्ने ?
रेबिज जनावरको टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो । रेबिजबाट संक्रमित कुकुर तथा स्याल, फ्याउरा जस्ता जङ्गली जनावरले टोकेमा वा सम्पर्कमा आउँदा तिनीहरुको ¥यालबाट रेविज सर्छ । मुख्य भाइरसले मस्तिष्कमा असर गर्छ र लक्षण देखिएपछि रेविज घातक हुन पुग्छ ।
मुख्यत रेबिज रोग लाग्नबाट बच्न कुकुर लगायत जङ्गली जनावरको टोकाइबाट नै बच्नुपर्छ । रेबिजविरुद्धको खोप देशैभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निःशुल्क उपलब्ध रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, जुन उमेर समूहका कुकुरले टोकेपनि तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्यकर्मीको सल्लाह अनुसार रेबिजविरुद्धको खोप लगाउनुपर्छ ।
रेबिजबाट कसरी बच्ने ?
–सुतिरहेको कुकुरलाई झ्वाट्टै नउठाऔँ, लात्ताले नहानौँ
–कुकरले खाना खाइरहेको बेला नजिस्क्याऔँ, नतर्साऔँ
–कुकुरले पछ्याएमा नदौडौ, शान्त भई उभियौँ
–नचिनेको कुकुरको नजिक जाँदा ख्याल गरौँ
–अनिवार्य रुपमा घरपालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेविजविरुद्धको खोप लगाइँदिऔं
स्याल फ्याउरोले टोकेमा के गर्ने ?
-टोकेको घाउमा १५ मिनेटसम्म साबुनपानीले सफा गर्ने
-त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई रेविज विरुद्धको खोप लगाउने
-स्वास्थ्यकर्मीको सल्लाहअनुसार नै उपचार गर्ने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण