टिकट नपाएपछि नेकपा एसका बारा जिल्ला अध्यक्ष बिक सहितको टोली एमालेमा प्रवेश
नेकपा एकीकृत समाजवादी पार्टीका बारा जिल्ला अध्यक्ष तथा मधेस प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा र सीता गुरुङ एमालेमा प्रवेश गरेका छन् । मङ्सिर ४ गते हुने संघ, प्रदेश सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं ४ (क) मा टिकट नपाउने निश्चित भए पछि बिक र गुरुङसहित १३ जनाको टोली एमालेमा प्रवेश गरेको हो ।
सत्ता गठबन्धन दलहरूबीच बारा क्षेत्र नं ४ मा पूर्व श्रममन्त्री तथा नेकपा एसका केन्द्रीय सदस्य किसान श्रेष्ठको उम्मेदवारी निश्चित भएपछि अध्यक्ष विकले सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै आएका थिए । २०७४ को निर्वाचनमा नेकपा एमालेबाट बारा क्षेत्र नं ४ (क) मा विश्वकर्मा र समानुपातिक तर्फ गुरुङ निर्वाचित भएकी थिइन् ।
पूर्व खेलकुद मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य पुरुषोत्तम पौडेलले निवर्तमान प्रदेशसभा सदस्य बिक र गुरुङ सहितको टोलीले पार्टी अध्यक्ष केपी ओलीको हातबाट टिका लगाएर एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएको बताए । ‘उहाँहरू एमालेसँग पिरती बसेर फर्कनुभएको होला, एमालेमा प्रवेश गर्दा टिकटको कुनै आश्वासन दिइएको छैन । टिकट त सबै बाँडेर सिद्धिसक्यो,’ पौडेलले भने ।
बिक र गुरुङ सँगै नेकपा एसका केन्द्रीय परिषद् सदस्य कौशल किशोर सिंह,महेश विश्वकर्मा, मधेस प्रदेश कमिटी सदस्य दशरथ राम, विद्या थापा, मीन रहपाल, पार्टी जिल्ला कमिटी सदस्य मञ्जु खनाल,मञ्जु भट्टराई, अच्छेलाल राम, मुक्ती सहनी एमालेमा प्रवेश गरेका छन् ।
निवर्तमान प्रदेशसभा सदस्य गुरुङले एमाले भित्र विद्रोह गरेर माधव नेपाल समूहमा गए पनि पार्टीभित्र सम्मानजनक व्यवहार नभएकोले पुनः एमालेमा फर्कनुपरेको बताएकी छिन् । ‘पार्टीले हामी भन्दा जुनियरलाई केन्द्रीय सदस्य बनायो हामी एमाले भित्र यत्रो विद्रोह गरेर आयौँ तर पार्टीले कामको मूल्याङ्कन गर्न सकेन, केन्द्रीय अध्यक्ष माधव नेपालले पनि हाम्रो गुनासो कहिल्यै सुन्नुभएन’ गुरुङले भनिन् । नेकपा एसका केन्द्रीय सदस्य किसान श्रेष्ठले भने बारा जिल्ला अध्यक्षले टिकट नपाएको आवेशमा केही खल्तीमा व्यक्तिलाई एमालेमा अगामी निर्वाचनलाई कुनै असर नपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण