फ्राइडे रिलिज : ‘विक्रम वेधा’ र ‘पिएस वान’सँग भिड्दै ‘बाबरी’
आजबाट देशभर फिल्म ‘बाबरी’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो ।
फिल्मले नेपालीतर्फ सोलो रिलिजको अवसर पाएपनि देशभरका हल भने पाएको छैन । किनभने कतिपय हल गतसाता रिलिज भएको ‘प्रेम गीत ३’ र आजबाट रिलिज भएको बलिउड ‘विक्रम वेधा’ र ‘पिएस वान’ ले पनि ओगटेको छ ।
‘बाबरी’ले दशैंको एक हप्ता लामो विदालाई लक्षित गरेर प्रदर्शनमा आएको फिल्म हो । फिल्मले बलिउड फिल्म आएको कारण मल्टीप्लेक्सहरुमा राम्रो शोज पाउन सकेको छैन ।
गीतसंगीत र ट्रेलरको कारण चर्चामा रहन सफल फिल्म ‘वर्ड अफ माउथ’ बलियो हुन सके फिल्मले दशैंको एक हप्ता लामो विदाको फाइदा पनि उठाउन सक्नेछ । अभिनेता धीरज मगर र अभिनेत्री अदिति बुढाथोकी ४ वर्षपछि पर्दामा फर्किएकाले उनीहरुको फ्यान फ्लोइंगले पनि सुरुवाती व्यापारमा भूमिका खेल्न सक्ने अनुमान गरिएको छ ।
त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्मको बिहीवार साँझ प्रिमियर समेत भएको थियो । प्रिमिएरमा पिःल्मले मिश्रित प्रतिक्रिया पाएको थियो । सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्ममा धीरज र अदीतिको अलवा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दिलिप गुरुङ लगायतको अभिनय छ ।
गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी निर्माता रहेको फिल्म नरेन्द्र मैनालीले छायांकन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण