'बाबरी’ हेरेपछि जसिताले गरिन् धीरजको प्रशंसा
अभिनेत्री जसिता गुरुङले अभिनेता धीरज मगर भर्सटायल कलाकार भएको बताएकी छन् । बिहिबार साँझ बिग मुभिज कमलपोखरी आयोजित फिल्म ‘बाबरी’को प्रिमियरमा फिल्म हेरेपछि उनले शो प्रतिक्रिया दिएकी हुन् ।
‘धीरजको फिल्म अभिनय एकदमै राम्रो लाग्यो’ उनले भनिन् ‘फिल्मको सानो राजा साहेब जस्तै प्रेम गर्ने मानिस मेरो जीवनमा पनि आइदिए हुन्थ्यो जस्तो लागेको छ ।’ धीरजले फिल्ममा सानो राजा साहेब नाम प्रेमीको भुमिका निर्वाह गरेका छन् ।
जसिता फिल्ममा अभिनय नभएपनि प्रिमियरमा सहभागी हुन पुगेकी हुन् । उनको अलवा अभिनेत्री बेनिशा हमाल, शिल्पा मास्के, निर्देशक शोभित बस्नेत, ज्ञानेन्द्र देउजा लगायत समेत प्रिमियरमा सहभागी थिए । प्रिमिएरमा सहभागी सबैले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।
प्रेमकथामा बनेको फिल्म ‘बाबरी’ आज शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको छ । फिल्ममा धीरज मगर, धीरज नाडकर, अदिति बुढाथोकी, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दिलिप गुरुङ लगायतको अभिनय छ ।
फिल्म गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण