प्रेमगीत ३ को एक साताको कमाइ कति ?
गत शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको प्रेमगीत ३ को कमाइ सार्वजनिक गरिएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले गत शुक्रबारदेखि बिहीबारसम्मको कमाइ सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् । गत शुक्रबारबाट नेपाली र हिन्दी भाषामा प्रेमगीत ३ विश्वभर प्रदर्शनमा आएको हो । नेपालमा गत शुक्रबार नेपाली संस्करणमा २.०५ करोड, शनिबार २.०५ करोड, आइतबार ९५.५० लाख संकलन गरेको सेनले जानकारी दिए ।
नेपालमा नेपाली र हिन्दी संस्करणबाट सोमबार .१५ करोड, मंगलबार ०.६५ करोड, बुधबार ०.६१ करोड र बिहीबार ०.५३ करोड संकलन गरेको निर्माता तथा निर्देशक सेनले बताए । उनका अनुसार गत शुक्रबारदेखि बिहीबारसम्म नेपालमा .९६ करोड रुपैया संकलन गरेको छ ।
यसैगरी भारतमा दुवै भाषाको संस्करणमा गत शुक्रबार १.१२ करोड, शनिबार ०.८३ करोड, आइतबार ६.४९ लाख, सोमबार ३४.२९ लाख, मंगलबार २२.१७ लाख, बुधबार १७.३० लाख बिहीबार १२.१० लाख संकलन गरेको सेनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उनका अनुसार भारतमा एक सातामा ३.४४ करोड भारतीय रुपैयाँ संकलन गरेको हो ।
नेपाल र भारतबाहेक ओभरसिज प्रेमगीत ३ को कमाइ ६.२१ करोड भारतीय रुपैयाँ रहेको उनले जानकारी दिए । सेनका अनुसार ओभरसिज नेपाली हिन्दी संस्करणबाट गत शुक्रबार १.६७ करोड, शनिबार .२३ करोड, आइतबार ७.३० लाख, सोमबार ८.३० लाख, मंगलबार ६२.३० लाख, बुधबार ५४.१९ लाख र बिहीबार ४.१५ लाख संकलन गरेको हो । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण