उपराष्ट्रपति पुनले गरे ‘बाबरी’ फिल्मको प्रशंसा
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले नेपाली फिल्म ‘बाबरी’ हेरेका छन् । शनिबार उनले श्रीमतीसहित काठमाडौंको बिग मुभिज् कमलपोखरीमा फिल्म हेरेका हुन् । फिल्म हेरेपछि उनले कथावस्तु, गीतसंगीत, छायांकन र कलाकारको अभिनयको समेत प्रशंसा गरे ।
सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’ हेर्न उपराष्ट्रपतिसँगै अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पनि पुगेकी थिइन् । निरौलाले फिल्ममा रहेको कलाकारको अभिनय आफुलाई मन परेको बताइन् ।
दसैँको अवसर पारेर शुक्रवारबाट देशभर प्रदर्शनमा आएको फिल्मले शनिबार राम्रो व्यवसाय गरेको निर्माण युनिटको दाबी छ । शनिवार फिल्मले ८० प्रतिशत दर्शक अकुपेन्सी कायम गरेको निर्देशक पौडेल बताउँछन् ।
त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्ममा धिरज मगर, धिरज नाडकर, अतीति बुढाथोकी बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतको अभिनय छ । अदितीका बुबा–आमा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले फिल्मको निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण