खुल्यो काठमाडौं उपत्यकाको आकाश
शुक्रबार, २१ असोज २०७९, ०९ : ५३

देशका अधिकांश स्थानमा वर्षा हुँदा दसैँकाे बेला जनजीवन प्रभावित भयो । सुदूर पश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरूमा अहिले पनि वर्षा जारी छ । तर काठमाडौं उपत्यकामा भने आज बिहानैदेखि मौसममा सुधार आएको छ ।
बिहानैदेखि उपत्यकाको आकाश खुलेर घाम लागिरहेको छ । मौसममा सुधार आएसँगै दसैँको अवसरमा टीकाटालोका लागि आफन्तकोमा जानेहरुले राहतको महसुस गरेका छन् ।
काठमाडौं उपत्यकामा आकाश खुलेपनि सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार फणिदेव महतको निधन
-
वैकल्पिक शक्तिसँग सहकार्य गर्न नेसपा (नयाँ शक्ति)द्वारा राजनीतिक संवाद समिति गठन
-
उरुग्वेका पूर्वराष्ट्रपति मुहिकाको निधन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गण्डकीमा राइड शेयरिङले पायो कानुनी मान्यता, नियमावली मन्त्रिपरिषद्बाट पारित
-
जगदुल्ला ठेक्का विवादमा उच्चले मगायो खरिद प्रक्रियाको सक्कल फाइल