नोराले फिफा विश्वकपमा प्रस्तुति दिने
शुक्रबार, २१ असोज २०७९, १२ : ०४
नोरा फतेही ग्लोबल आइकन हुन् । नोरा आफ्नो डान्स मूभ्सका लागि विश्व भर परिचित छिन् । नोराले अब फिफा विश्वकपमा परफर्म गर्ने भएकी छिन् । उनले डिसेम्बरमा हुने फिफा विश्वकपमा आफ्नो नृत्य प्रस्तुत गर्नेछिन् । योसँगै उनी विश्व रंगमञ्चमा भारत र विशेष गरी दक्षिण पूर्व एसियाको प्रतिनिधित्व गर्ने एक्लो अभिनेत्री बनेकी छिन् ।
नोराले फिफाको उद्घाटन र समापन समारोहमा परफर्म गर्नेछिन् । यसका लागि उनले सम्झौता पनि गरिसकेकी छन् । मिडिया रिपोर्टका अनुसार नोराले समापन समारोहमा एक लोकप्रिय हिन्दी गीतमा नाच्ने छिन्।
नोरा हाल टिभी शो झलक दिखला जाको जजको रूपमा काम गरिरहेकी छिन् । यस बाहेक नोराले सिद्धार्थ र अजय देवगनको फिल्म थ्यांक गडमा पनि डान्स गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण