प्रचण्ड आफ्नो क्षेत्रबाट निर्वाचन लड्ने भएपछि बाबुरामले दिए यस्तो प्रतिक्रिया
नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने भएका छन् । गत निर्वाचनमा चितवन ३ बाट विजयी भएका प्रचण्ड मंसिर चारमा हुने निर्वाचनमा भने यसअघि डा. बाबुराम भट्टराईले चुनाव जित्दै आएको गोरखा–२ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।
माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बताएलगत्तै भट्टराईले पनि प्रचण्डलाई शुभकामना दिएका छन् । उनले यसअघि नै प्रत्यक्ष निर्वाचन नलड्ने घोषणा गरेका थिए ।
डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् -'मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गम थलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। उहाँको शानदार विजयको हार्दिक शुभकामना !'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण