शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्ड आफ्नो क्षेत्रबाट निर्वाचन लड्ने भएपछि बाबुरामले दिए यस्तो प्रतिक्रिया

शनिबार, २२ असोज २०७९, ०६ : २५
शनिबार, २२ असोज २०७९

नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने भएका छन् । गत निर्वाचनमा चितवन ३ बाट विजयी भएका प्रचण्ड मंसिर चारमा हुने निर्वाचनमा भने यसअघि डा. बाबुराम भट्टराईले चुनाव जित्दै आएको गोरखा–२ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् । 

माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बताएलगत्तै भट्टराईले पनि प्रचण्डलाई शुभकामना दिएका छन् । उनले यसअघि नै प्रत्यक्ष निर्वाचन नलड्ने घोषणा गरेका थिए । 

डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् -'मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गम थलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। उहाँको शानदार विजयको हार्दिक शुभकामना !'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप