प्रचण्डको उम्मेदवारी दर्ताका लागि बाबुराम पनि गोरखा जाने
निर्वाचन आयोगले भोलि देशभर प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने भएको छ । टिकट पाएका नेताहरु उम्मेदवारी दर्ताको लागि जिल्लातर्फ लागेका छन् । उम्मेदवारी दर्ताको लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि गोरखा जाने भएका छन् । प्रचण्डसँगै नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई पनि गोरखा जाने भएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र गोरखा २ बाट प्रचण्डले उम्मेदवारी दर्ता गराउने भएपछि भट्टराई पनि प्रचण्डसँगै गोरखा जान लागेका हुन् । बाबुराम नेतृत्वको नेसपा माओवादीको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने भएको छ । तर भट्टराई भने प्रत्यक्ष निर्वाचन नलड्ने भएका छन् । त्यसैले प्रचण्डले अघिल्लो पटक आफू निर्वाचित भएको चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ रोजेका हुन् ।
गोरखाबाट निर्वाचन लड्ने प्रचण्डको निर्णयलाई बाबुराम भट्टराईले यसअघि नै स्वागत गरेका थिए । प्रचण्ड गोरखाबाट चुनाव लड्नुमा ठूलो सांकेतिक महत्व रहेको भन्दै भट्टराईले प्रचण्डलाई जिताउन आफ्नो पूर्ण साथ रहने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेले गरे पेनाल्टी मिस
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण