सूत्रधारको नयाँ सिजन सुरु हुँदै
कार्यक्रम सूत्रधारको नयाँ सिजन छिटै नै सुरु हुन गइरहेको छ । पहिलो सिजन घरेलु हिंसा, प्राणघातक रोगहरू, राजनीतिबाट पीडित पक्ष, वैदेशिक रोजगारीले निम्त्याएको दुःख, शारीरिक रूपले अशक्त विषयवस्तु समेटिएकोमा यस पटक फरक शैलीमा प्रस्तुत गरिने कार्यक्रम निर्माता प्रज्वल राज शाक्यले बताएका छन् ।
सूत्रधार सिजन २ नाम दिइएको यस कार्यक्रममा यस पटक विदेशमा रहेका नेपालीको रहनसहन, जीवनशैली र भोगाइमा आधारित रहेर प्रस्तुत गरिनेछ । सूत्रधार २ यस पटक विभिन्न देशहरुमा गएर छायाङ्कन गरिने कार्यक्रम निर्देशक सुदीप खनाल बताउँछन् । पछिल्लो सिजन जस्तै यस सिजनमा पनि वरिष्ठ चलचित्र निर्देशक नारायण पुरी प्रस्तोता रहनेछन् । यस सिजन १३ भागसम्म प्रस्तुत गरिनेछ र यो सिजनमा पनि लेखन तथा छायाङ्कन राजेश ढकालकै हुने छ । पहिलो सिजन हिमालय टेलिभिजनबाट प्रसारण भएको थियो भने दोस्रो सिजन प्राइम टेलिभिजनबाट प्रसारण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण