प्रतिनिधि सभाका लागि ४८ दलका २ हजार ४३६ उम्मेदवार समानुपातिक बन्दसूचीमा
निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । आयोगका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा आज बेलुका १२ बजेसम्म सो बन्दसूची प्रकाशन गर्ने काम भइरहेको आयोगले जनाएको छ ।
आयोगले शनिवार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिएको जानकारी अनुसार समानुपातिक तर्फ प्रतिनिधि सभा तर्फ ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ ।
प्रदेश नम्बर १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रदेशमा ३६ दलका ९ सय ४८ उम्मेदवारी परेको छ । बागमती प्रदेशमा ४१ दलका ८ सय २५ जनाको उम्मेदवारी परेको छ भने गण्डकी प्रदेशमा ३१ दलका ३ सय ६८ जनाको उम्मेदवारी परेको छ ।
यस्तै लुम्बिनी प्रदेशमा ३२ वटा दलबाट ६ सय ५७ जनाको उम्मेदवारी परेको छ भने कर्णाली प्रदेशमा २८ वटा दलबाट २ सय २२ जनाको उम्मेदवारी परेको छ र सुदूर पश्चिम प्रदेशमा ३४ दलबाट ३ सय ७६ जनाको उम्मेदवारी परेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा गरी ६ हजार ४ सय ९३ जना उम्मेदवारको अन्तिम रूप दिने कार्य भइरहेको थपलियाले जानकारी दिए । यो सूचीमा रहेका कुनै पनि व्यक्ति प्रत्यक्ष तर्फको उम्मेदवार हुन नसक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण