मोफसल टुरमा निस्कँदै ‘महापुरुष’
फिल्म ‘महापुरुष’ टिम मोफसल टुरमा निस्कने भएको छ । फिल्मको प्रदर्शन मिति ११ कात्तिक नजिकिँदै गर्दा निर्माण युनिटले प्रचार प्रसारका लागि प्रमोशनल टुर गर्न लागेको हो ।
टुरमा फिल्मका कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईलीका अलवा कमेडियन सुमन कार्की र गायक निशान भट्टराई रहनेछन् । केही स्थानमा मदनकृष्ण श्रेष्ठ पनि सहभागी हुने सेड्युल रहेको छ ।
टुरमा हाँस्य, संगीत सहितको प्रस्तुति रहने कलाकारसँगै कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले बताए । उनले भने, ‘हामीले टुरमा मनोरञ्जनात्मक कार्यक्रम तयारी गरेका छौँ । हामी फिल्मबारे दर्शकलाई विभिन्न प्रस्तुती मार्फत जानकारी दिनेछौँ ।’
टुर असोज २५ मा विर्तामोड स्थित वान स्टप मल, असोज २६ इटहरीमा जनता प्राविको मैदान र विराटनगरको सेन्ट्रल मल, असोज २७ मा हेटौडाको हुप्र चौर, असोज २८ मा नारायणगढको नारायणी नदी किनार, असोज २९ मा बुटवलको अमरपथमा रहेको टक्सार कम्प्लेक्स अगाडी र असोज ३० मा पोखराको हलन चोकमा हुनेछ ।
‘दर्शकसँग साक्षात्कार गर्दै फिल्म बारे जानकारी दिनु आतुर छु,’ अभिनेता आचार्यले भने, ‘टुरमा सुमन कार्कीले हाँस्य प्रस्तुति दिनेछन् भने निशान भट्टराईले सांगीतिक ।’ सामाजिक विषयवस्तुमा आधारित फ्यामिली ड्रामामा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय छ ।
फिल्म मार्फत अरुण क्षेत्री र अन्जना बराईलीले अभिनयमा डेब्यु गर्दैछन् । प्रदीप भट्टराईको निर्देशन रहेको फिल्म षट्कोण आर्ट्स प्रा.लि.को व्यानरमा निर्माण भएको हो । रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्ममा निर्माता दिपेश खत्री हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण