गायक सञ्जय श्रेष्ठले दिए काठमाडौँ –६ बाट स्वतन्त्र उम्मेदवारी
आइतबार, २३ असोज २०७९, १५ : ५३
गायक सञ्जय श्रेष्ठले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले काठमाडौँ –६ बाट स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
लामो समयदेखि राप्रपामा रहेर विभिन्न गतिविधि गर्दै आएका श्रेष्ठले राप्रपाबाट टिकट नपाएपछि शनिबार मात्र राप्रपा छोडेको घोषणा गरेका थिए । अहिले भने उनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । श्रेष्ठले गत स्थानीय चुनाव सकिने बित्तिकै राप्रपाबाट काठमाडौँ –६ मा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
अन्तिम समयमा आएर उनलाई राप्रपाले टिकटमा धोका दिएको भनेर आक्रोशित हुँदै श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । गायक श्रेष्ठले नेपाली साङ्गीतिक आकाशमा थुप्रै चर्चित गीत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण