ताइवानी स्वतन्त्रता बिक्रीका लागि होइन : राष्ट्रपति वेन
ताइवानकी राष्ट्रपति साई इङ–वेनले आफ्नो राष्ट्रिय भाषणमा चीनलाई रुस–युक्रेन द्वन्द्वसँग तुलना गर्दैै ताइवानले आफ्नो स्वतन्त्रता र लोकतान्त्रिक जीवन शैलीलाई कहिल्यै नछोड्ने चेतावनी दिएकी छिन् ।
हालै, विश्वको सबैभन्दा धनी व्यक्ति एलोन मस्कले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा ताइवान र चीनबीचको समस्या कसरी समाधान गर्ने भन्ने बारेमा आफ्नो विचार सेयर गरेका थिए । उनले भनेका थिए, ‘मेरो लक्ष्य ताइवानको लागि एक विशेष प्रशासनिक क्षेत्र पत्ता लगाउने हो । सम्भवतः यसले सबैलाई खुसी बनाउँदैन ।’
मस्कको सुझावलाई अमेरिकाका लागि चिनियाँ राजदूत किन ग्याङले प्रशंसा गरेका थिए र उनलाई धन्यवाद दिएका थिए । तर, वाशिंगटनका लागि ताइवानका राजदूत हसियाओ बिखिमले यसको कडा आलोचना गरिन । उनले ट्वीट गरेकी छिन्, ‘हाम्रो भविष्यको लागि कुनै पनि दिगो प्रस्ताव शान्तिपूर्ण रूपमा जबरजस्तीबाट मुक्त र ताइवानका जनताको लोकतान्त्रिक इच्छाको सम्मान गर्नुपर्दछ । ’ उनले ताइवानको लोकतन्त्र र स्वतन्त्रता बिक्रीको लागि नभएकोसमेत बताएकी छिन् ।
चीन र ताइवानबीचको द्वन्द्व दिन प्रतिदिन चर्किएको छ । केही महिनाअघि अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि दुई देशबीचको तनाव चर्किएको हो ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण