पूर्व मुख्यमन्त्री यादवको आज अन्तिम संस्कार गरिने
समाजवादी पार्टीका संस्थापक तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको आज सैफईमा अन्तिम संस्कार गरिने भएको छ ।
मुलायम सिंह यादव केही दिनदेखि गुरुग्रामको मेदान्त अस्पतालमा उपचाररत थिए । उनको सोमबार बिहान ८:१६ बजे निधन भएको हो । मंगलबार दिउँसो ३ बजे सैफईमा उनको अन्तिम संस्कार गरिने समाजवादी पार्टीको आधिकारिक ट्विटर ह्यान्डलबाट जानकारी दिइएको छ ।
यादवको शव सोमबार दिउँसो नै मेदान्ता अस्पतालबाट जन्मभूमि सैफई ल्याइएको थियो । यादवको शव सैफई लगेपछि राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ पनि उनको अन्तिम दर्शनका लागि पुगेका थिए । उनीबाहेक प्रदेशका सबै चर्चित नेताहरु पनि सैफई पुगेका थिए ।
समाजवादी पार्टीले ट्वीट गर्दै मुलायम सिंह यादवको अन्तिम दर्शनका लागि उनको पार्थिव शरीर मंगलबार बिहान १० बजे सैफई मेला मैदानको पण्डालमा राखिने जनाएको छ । यसपछि दिउँसो ३ बजे उनको अन्त्येष्टि गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण