राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’
मङ्गलबार, २५ असोज २०७९, १४ : २२
राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि मंगलबार अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि मंगलबार दिउँसो १२ः४५ बजे अस्पतालबाट डिस्चार्ज भएकी अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।
“उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो”, उनले भने, “राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य छन् ।” यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरी उपचार गरिएको थियो । त्यसक्रममा पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । राष्ट्रपति भण्डारीको उपचारमा डा. नीरज बमको नेतृत्वमा चिकित्सकको टोली खटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा मलामी बोकेको गाडी दुर्घटना, १८ जना घाइते
-
व्यासको मतगणनामा के भएको थियो २ वर्षअघि ?
-
आईपीएलमा आज : राजस्थानलाई शीर्ष दुईमा स्थान पक्का गर्ने अवसर
-
सत्ता गठबन्धनले पार्टी विभाजन गरेको जसपा नेपालको निष्कर्ष
-
गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य ४०, आलु रातोको ५२ रुपैयाँ (सूचीसहित)
-
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार