अमिताभलाई जन्मदिनको शुभकामना दिँदै सरोजले भने– त्यो भेटपछि ममा अभिनयको भूत पस्यो
बलिउड अभिनेता अमिताभ बच्चन आज मंगलबारबाट ८० वर्ष पुगेका छन् । थुप्रै हिट फिल्म दिएका बच्चनलाई देश तथा विदेशबाट शुभकामना प्राप्त भइरहेको छ ।
यस्तैमा नेपाली अभिनेता सरोज खनालले पनि बच्चनलाई सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका छन् । उनले बच्चनलाई शुभकामना दिँदै भेट गर्दाको यादगार क्षणको सम्झना समेत गरेका छन् । उनले ‘महान’ नामक फिल्मको छायांकनका लागि नेपाल आएको समयमा तीन घण्टा कुरेर अमिताभसँग हात मिलाएका थिए ।
उनले लेखेका छन्, ‘म एसएलसीको पहिलो दिनको परीक्षा दिएर बानेश्वरबाट फर्कँदै थिएँ, क्षेत्रपाटीमा ‘बेमिसाल’ नामक फिल्म भिडियोमा देखाइँदै थियो । भोलिपल्ट म्याथको परीक्षा थियो । म्याथमा म राम्रै थिएँ । मन मानेन, भोलिपल्ट परीक्षा बिर्सेर खाजा खान दाइले दिनुभएको २ रुपैयाँ ५० पैसा तिरेर हेर्न बसेँ । डेरामा आएर दाजुको पिटाइ खाएँ । किनकि, दाजु पनि त्यही फिल्म हेर्न बस्नु भएको रहेछ । अस्कल कलेजमा साइन्स पढ्दै थिएँ । तपाईं ‘महान’ फिल्मको सुटिङ गर्न मल्ल होटलमा आउँदै हुनुहुन्छ भन्ने सुनेर प्राक्टिकल क्लास छोडेर तपाईंलाई हेर्न र भेट्न जबर्जस्ती होटलमा छिरेँ । करिब ३ घण्टाको पर्खाइपछि तपाईं आउनुभयो । सौभाग्यबस्, त्यसदिन तपाईंसँग हात मिलाउने मौका मिल्यो । सायद त्यही बेलादेखि ममा अभिनय गर्ने भूत सवार भएको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण