पाल्पामा मनपरी असुलेपछि गाडी भाडा समायोजन

पाल्पामा भाडाका सवारी साधनले मनपरी भाडा लिएको गुनासो बढेपछि भाडा समायोजन गरिएको छ ।
पाल्पाको तानसेन नगरपालिकामा २ सय भन्दा बढी उपभोक्ताले भाडाका सवारी साधनले यात्रुहरुलाई ठगी गरेको उजुरी दिएपछि सर्वपक्षीय सरोकारवालाहरुको बैठक राखेर भाडा समायोजन गरिएको तानसेन ९ का वडा अध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिए । भाडाका सार्वजनिक सवारी साधनको भाडा दर महँगो भएको गुनासोसहितको ध्यानाकर्षण पत्रका सम्बन्धमा पाल्पाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख र तानसेन नगरपालिकाका प्रमुखलाई वडा कार्यालयले जनगुनासो सम्बोधन गरिदिन अनुरोध गरेपछि भाडा समायोजन गरिएको हो ।
जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षतामा बसेको बैठकले पाल्पा जिल्ला तथा अन्य जिल्लासँग जोडिएका सडकमा संचालन हुने यातायातमा तानसेन–बुटवल प्रति किमि ४ रुपैंया, तानसेन–रामपुर ४.५ रुपैया, तानसेन–रिडी ५.३०, तानसेन–रानीमहल ५.३० रुपैंया तोकी प्रदेशमा सोही अनुसारको सिफारिस गरिएको जिल्ला समन्वय समितिका प्रमुख टंक अर्यालले बताए ।
तानसेन–झडेवा ६.३३, तानसेन–हार्थोक ६.३५, तानसेन–दर्लम ६.१३ रुपैयाँ प्रति किलोमिटरको दरले लिने गरी भाडा समायोजन गरिएको छ । यस्तै कच्चि सडकमा प्रति किलोमिटर १२ रुपैयाँको दरले लाग्ने र नगरक्षेत्रमा ४ किमीसम्म अधिकतम ३० रुपैंया भाडा लिन पाइनेछ ।
तानसेन नगरपालिकामा दर्ता भई संचालित अटो रिक्सा टेम्पोले बाँसटारीबाट प्रतियात्रु न्यूनतम १ किमीसम्म २५ रुपैयाँ र थप प्रति किमी १० का दरले थप रकम लिने गरी भाडा समायोजन गरिएको छ । तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई तत्कालै कारवाही गरिने पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीको मानसिक सन्तुलनका लागि ‘ग्याजेट नीति’ लागू
-
सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
-
इरान - इजरायल युद्धमा सहभागी हुन खोज्दैछन् ट्रम्प
-
शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने दलहरूको प्रतिबद्धता पूरा नहुने निश्चित
-
महावाणिज्य दूतावासको आयोजनामा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया
-
समाजवादी मोर्चा गठन दुई वर्ष पूरा, औचित्यमाथि प्रश्न