गौर-चन्द्रपुर सडकखण्डको नालामा खसेर एक जनाको मृत्यु
चन्द्रपुर गौर सडकखण्ड अन्तर्गत जयनगर चौक स्थित निर्माणाधीन नालाको खाल्डोमा खसेर एकजनाको मृत्यु भएको छ। गौर चन्द्रपुर सडकखण्डको जयनगर हस्पिटल निर्माणाधीन कल्भर्टको खाल्डोमा खसेर आज बिहान ८ बजे देवाही गोनाही नगरपालिका-३ देवाही निवासी रामएकबाल साह तेलीको मृत्यु भएको हो।
घरबाट साईकल चढेर गौर जान लागेको तेली जयनगर हस्पिटल अगाडि अन्य गाडी संग साइड लिनेक्रममा खाल्डोमा खसेर मृत्यु भएको देवाहीका पूर्व गाविस अध्यक्ष धर्मेन्द्र पटेलले बताएका छन् । घटना भएलगतै देवाही गोनाहीका पूर्व मेयर धर्मेन्द्र पटेल घटनास्थल पुगेर कल्भर्ट अधुरो छोडेका ठेकदारलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन कानुनी कार्वाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन ।
मृतकका आफन्तहरु शवलाई बाटोमा राखेर क्षतिपूर्ति तथा कार्वाहीको माग गर्दै आन्दोलन गरिरहेका छन । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण कुमार सिंहले दुबै पक्षका मानिसलाई राखेर वार्ता भैरहेको बताएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गरेका नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक, उपचार जारी
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सार्वजनिक
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण