कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका अमरेशको चुनाव चिह्न माछा
बुधबार, २६ असोज २०७९, २० : ३७
नेपाली कांग्रेसबाट यस पटक टिकट नपाएका अमरेशकुमार सिंहले सर्लाही–४ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई निर्वाचन आयोगले माछा चुनाव चिह्न प्रदान गरेको छ ।
सर्लाही–४ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति नागेन्द्रकुमार राय उम्मेदवार बनेका छन् । सो क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट जसपाका राकेशकुमार मिश्र उम्मेदवार छन् ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट अमरेशकुमार सिंह निर्वाचित भएका थिए । त्यतिबेला उनी कांग्रेसबाटै उम्मेदवार भए पनि आन्तरिक गुटबन्दीका कारण उनी यो पटक पार्टीबाट टिकट पाउन वञ्चित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण