सिन्धुपाल्चोकका २ निर्वाचन क्षेत्रमा को–को छन् उम्मेदवार ?
सिन्धुपाल्चोक १ मा प्रतिनिधिसभातर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सरेश नेपाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट माधव सापकोटाले उम्मेदवारी दिएका छन् । यस्तै जनता समाजवादी पार्टी, नेपालका डिवी सिंह लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायण पाण्डे, नेपाल मजदुर किसान पार्टीका हरिलक्ष्मी दनेखू, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वीरबहादुर तामाङ, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) का कृष्णबहादुर ठकुरी, मंगोल नेशनल अर्गनाइजेसनका दावा लामा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ग्याल्जेन शेर्पा, आमूल परिवर्तन मसिहा पार्टी नेपालका सोम नोर्बु शेर्पा र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् ।
यसैगरी स्वतन्त्रबाट सोही क्षेत्रमा बिष्णुप्रसाद पौडेल, मुकुन्द श्रेष्ठ र रामकुमार जिसीले उम्मेदवारी दिएका छन् । यस्तै सिन्धुपाल्चोक २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट शेर बहादुर तामाङ र नेपाली काँग्रेसबाट मोहन बहादुर बस्नेत उम्मेदवार छन् । यी दुई उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।
यस्तै सोही निर्वाचन क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले नरसिं श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीले लक्ष्मीप्रसाद कुसी, जनमत पार्टीले मंगल सिं तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले दिलीप विक, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) ले कविराज गिरी, मंगोल नेशनल अर्गनाइजेसनले कर्णविर स्यांवु लामा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले दावा छिरिङ शेर्पा, आमूल परिवर्तन मसिहा पार्टी नेपालले श्यामबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीले माया गुरुङ्गलाई उम्मेदवार बनाएको छ ।
यस्तै स्वतन्त्रबाट ध्रुवप्रसाद पराजुली र बद्रीप्रसाद चौलागाई उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण