बिर्तामोड पुगेर हरिवंशले गाए गीत
फिल्म ‘महापुरुष’ ले ‘मोफसल टुर’ सुरु गरेको छ । बिहीबार बिर्तामोड पुगेर निर्माण युनिटले फिल्मको प्रचार टुर ‘मोफसल टुर’ सुरु गरेको हो । टुरमा फिल्मको बारेमा प्रचारप्रसार गर्नुको अलावा विभिन्न सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
वानस्टप मलमा आयोजित कार्यक्रममा फिल्मका कलाकारहरू हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्रसिंह बानियाँ लगायतले दर्शकलाई मनोरञ्जन प्रदान गरे । गायिका रचना रिमालको समेत प्रस्तुति रहेको कार्यक्रममा कलाकारहरूले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । स्थानीय कलाकारको समेत प्रस्तुति रहेको कार्यक्रममा हास्य कलाकार हरिवंशले समेत फिल्मको गीत गाएर सुनाएका थिए ।
कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने फिल्मले बिर्तामोडमा समेत पत्रकार सम्मेलन समेत गरेको थियो । विभिन्न स्कुलहरूमा पुगेर फिल्मबारे जानकारी दिएको निर्माण टिमले बिर्तामोडकै डिम्याक्स हलमा पुगेर दर्शकसँग अन्तरक्रिया समेत गरेको छ । प्रदीप भट्टराईको निर्देशन रहेको फिल्म युनिट हेटौंडा, नारायणगढ, बुटवल, पोखरा लगायतका सहरमा कार्यक्रम सकेर फर्किने निर्देशक प्रदीप भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण