झुट फैलाएको आरोपमा टक–शो प्रस्तोतालाई झण्डै एक अर्ब डलरको क्षतिपूर्ति तिर्न आदेश
अमेरिकाको एक अदालतले टक–शो प्रस्तोता एलेक्स जोन्सलाई कुल ९६.५ करोड डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । आफ्नो टक –शोहरुमा उग्र दक्षिणपन्थी विचार प्रवर्द्धन गर्ने जोन्सले अब सन् २०१२ ‘स्यान्डी हुक इलिमेन्टरी स्कुल’मा भएको गोलाबारीमा मारिएका बालबालिकाको आठ परिवार र थप एक व्यक्तिलाई उक्त रकम तिर्नुपर्नेछ ।
कनेक्टिकटका जुरीहरूले बुधबार यस्तो निर्णय सुनाएको थियो । लामो समय चलेको अदालती प्रक्रियामा जोन्सले फैलाएका झुटले पारेको गम्भीर क्षति उजागर गरेको थियो । पछिल्लो निर्णयले जोन्सको ‘इन्फोवार्स मिडिया’ साम्राज्यलाई गम्भीर क्षति पुर्याउने विश्लेषण गरिदैछ । ती सञ्जालहरूमार्फत एलेक्सले तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुसको पालादेखि कयौँ षडयन्त्र सिद्धान्तहरू प्रवर्द्धन गर्दै आएका थिए ।
एलेक्सविरुद्ध स्यान्डी हुक गोलाबारीका पीडित परिवारहरू सन् २०१८ को सुरुदेखि न्यायिक प्रक्रियामा गएका थिए । तिनले जोन्स र इन्फोवारको मातृ संस्था फ्रि स्पीच सिस्टम्सविरुद्ध मुद्दा हालेपछि यो लामो अदालती कारबाही सुरु भएको थियो ।
सन् २०१२ मा स्यान्डी हुक इलिमेन्टरी स्कुलमा भएको गोलाबारीमा २६ जना मारिएका थिए । तर जोन्सले भने उक्त सामूहिक गोलाबारी नाटक मात्र भएको खासमा घटना हुँदै नभएको भन्दै विभिन्न सोहरू सञ्चालन गरेका थिए । मुद्दा चलिरहँदा पीडित परिवारका सदस्यहरूले एलेक्सले प्रचार गरेका झुटका कारणले उनीहरूले कयौँबाट व्यङ्ग्य, अवहेलना भोग्नु परेको र त्यसबाट प्रियजनहरू गुमाउनुको पीडालाई थप बढेको भनिरहे ।
फैसला हुँदा जोन्स अदालतमा थिएनन्, उनी त्यस समय लाइभ स्ट्रिम गर्दै थिए । अदालतमा जुरीले निर्णय पढिरहँदा उनी इन्फोवार्स शोमा ती निर्णयको खिल्ली उडाइरहेका थिए । साथै त्यही समय उनले समर्थकहरूसँग रकम सहयोगको लागि आह्वान पनि गरेको सुनिएको थियो ।
जोन्सले निर्णयविरुद्ध अपिल गर्ने बताएका छन् । उनले अघिल्लो बुधवारको प्रसारणमा आफूसँग जुरीले तोकेको विशाल क्षतिपूर्ति तिर्ने रकम नभएको बताएका थिए । गत अगस्टमा, टेक्ससमा स्यान्डी हुक गोलाबारीमा आफन्त गमाएका अन्य दुई अभिभावकले अलग रूपमा हालेको मुद्दामा फैसला गर्ने क्रममा जुरीले एलेक्सलाई ४.९ करोड डलरको क्षतिपूर्ति तिर्न आदेश दिएका थिए । –सीएनन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण