महन्थको दबाबमा प्रचण्डले उम्मेदवारी फिर्ता लिन लगाएको शर्माको गुनासो
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको दबाबमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो उम्मेदवारी फिर्ता गर्न लगाएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसपाली उहाँ (महन्थ ठाकुर) ले मेरो उम्मेदवारी खारेज गराउन प्रचण्डजीलाई नै प्रयोग गर्न सफल हुनुभयो ।’
सत्ता गठबन्धनमा भएको सहमति अनुसार महोत्तरी ३ (ख) मा प्रदेशसभा सदस्यका लागि रामकुमार शर्माले उम्मेदवारी दिएका थिए । तर लोसपा र कांग्रेसबीच भएको सहमतिअनुसार सो क्षेत्र लोसपाको भागमा प¥यो । गठबन्धनको साझा उम्मेदवार आफू रहेको भन्दै नेता रामकुमार शर्मा चुनाव प्रचार प्रसार थालिसकेका थिए । यता लोसपाले सो क्षेत्रमा आफ्नो दाबी निरन्तर राख्यो र त्यसको दबाब गठबन्धनमा रहेका दल कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि निरन्तर बनाइरह्यो ।
अन्त्यमा माओवादी केन्द्रले नै निर्वाचन आयोगमा पत्र पठाएर रामकुमार शर्माको उम्मेदवारी फिर्ता लिएको थियो । पार्टीले नै उम्मेदवारी फिर्ता लिएपछि रामकुमार शर्मा पार्टीले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । उनले भने, ‘यस विषयमा मैले अध्यक्ष प्रचण्डसँग एक घण्टा कुरा गरेँ । त्यो कुरामा अध्यक्ष प्रचण्डले प्रष्टसँग भन्नुभयो कि महन्थजीको दबाब थेग्न नसकेर यो कदम चालिएको हो ।’ उम्मेदवारी खारेजीका सम्बन्धमा अध्यक्ष प्रचण्डले आफूलाई विस्तारमा सुनाएको बताउँदै शर्माले भने, ‘मेरो उम्मेदवारी खारेज नभए आफू गठबन्धनबाटै बाहिरिने चेतावनी महन्थ ठाकुरले दिनुभएको रहेछ ।’
आफ्नो राजनीतिक जीवनसँग लोसपाका अध्यक्ष ठाकुरले निरन्तर खेलवाड गरेको उनको गुनासो छ । २०७४ को चुनावमा अध्यक्ष ठाकुरले कांग्रेसका नेता बजरंग नेपालीको उम्मेदवारी बलपूर्वक खारेजी गराउनु र यसपटक आफ्नो उम्मेदवारी त्यसैगरी खारेज गराएर जनतामा जाने, चुनाव लड्ने लोकतन्त्रको महापर्वबाटै बञ्चित गराउनु घोर अन्याय भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण