माओवादी प्रदेश कमिटी सदस्य मियाँद्वारा एमाले प्रवेश नगरेको स्पष्टोक्ति
नेकपा माओवादी केन्द्रका मधेस प्रदेश कमिटि सदस्य जहिर मियाँ अंन्सारीले एमालेमा पार्टी प्रवेश नगरेको भन्दै विज्ञप्ती मार्फत स्पष्ट्र पारेका छन् ।
माओवादी नेता मियाँले शुक्रबार विज्ञप्ती जारी गर्दै पसलमा बसीरहेको अवस्थामा भोट माग्न आएका एमाले नेता कार्यकर्ताले चुनाव चिन्ह्र अंकित गम्छा ओढाएर सो फोटो सामाजिक सञ्जालमा बदनाम हुनेगरी प्रचारप्रसार गरेको भन्दै आपत्ति जनाएका छन् ।
‘म पसलमा बसिरहेको अवस्थामा भोट माग्न आएका एमाले उम्मेदवारले एमालेको चुनाव चिन्ह्र अंकित गम्छा ओढाएर समाजिक सञ्जाल र पत्रपत्रिकामा मेरो राजनीतिक चरित्र हत्या हुनेगरी पार्टी प्रवेश गरेको भन्दै झुटो र गलत प्रचार गरी चुनाव आँचारसहिता समेत उलघंन गरेको हुदाँ गलत प्रचार गरेकोले सो घटना प्रति घोर भत्सना गर्दछु’ मियाँद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
माओवादी मधेस प्रदेश कमिटी सदस्य मियाँ बाराको जितपुरसीमरा उपमहानगर ७ स्थित मस्जिदका धर्मगुरु समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण