प्रचण्डको क्षेत्र गोरखा २ मा बन्यो निर्वाचन परिचालन कमिटी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को क्षेत्र गोरखा २ मा सत्ता गठबन्धनले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । नेपाल समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्टको अध्यक्षतामा आइतबार गठबन्धन दलका नेताहरूलाई राखेर निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।
प्रतिनिधि सभा उम्मेदवार निर्वाचन परिचालन कमिटीमा नेसपा जिल्ला अध्यक्ष यानप्रसाद भट्ट, नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विष्णु भट्ट र एकीकृत समाजवादीका यादव बस्नेतलाई राखिएको छ । बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गतको अभिमुखीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको दाबी गरेको छ ।
यस्तै गोरखा २ ‘क’ चार दलका आठ जना रहनेगरी निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसमा कांग्रेसबाट दिपक कँडेल र दीर्घमान गुरुङ, माओवादी केन्द्रबाट कमला नहर्की र विवश चिन्तन, एकीकृत समाजवादीबाट गणेश गिरी र मिग पनेरु, नेपाल समाजवादीबाट नारायण खत्री र प्रेम गुरुङ छन् । यस क्षेत्रबाट गठबन्धनका तर्फबाट नेपाल समाजवादी पार्टीका फनिन्द्र देवकोटाले उम्मेदवारी दिएका छन् ।
यस्तै प्रदेश सभा ‘ख’ बाट चारै दलका आठ जना रहनेगरी निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसमा कांग्रेसबाट दिनेश खनाल र दिपक हमाल, माओवादीबाट दिपक देवकोटा र पूर्णकुमारी कँडेल, एकीकृत समाजवादीबाट टंक शाह र किशान श्रेष्ठ, नेपाली समाजवादीबाट तेजबहादुर गुरुङ र धनबहादुर गुरुङ छन् । यस क्षेत्रबाट गठबन्धनका तर्फबाट कांग्रेसका सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेले गरे पेनाल्टी मिस
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण