अमेरिकाले साउदी अरेबियासँगको सम्बन्धको पुनः मूल्याङ्कन गर्ने
आइतबार, ३० असोज २०७९, २१ : १२
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले साउदी अरेबियासँगको सम्बन्धको पुनः मूल्याङ्कन गर्ने घोषणा गरेका छन्। ओपेकले कच्चा तेलको उत्पादन कटौती नगर्ने अमेरिकी अपीललाई अस्वीकार गरेपछि उनको यो बयान आएको हो ।
समाचार एजेन्सी रोयटर्स सुलिभानलाई उद्धृत गर्दै भनेको छ, ‘राष्ट्रपति जो बाइडेनले यसका लागि ‘व्यवस्थित रूपमा’ काम गर्नेछन् र उनका विकल्पहरूमा अमेरिकाबाट साउदी अरबलाई सुरक्षा सहायता परिवर्तन गर्ने समावेश छ।’
उनले अर्को महिना इन्डोनेसियामा हुने जी–२० शिखर सम्मेलनमा साउदी अरबका युवराज र प्रधानमन्त्री मोहम्मद बिन सलमानलाई भेट्ने कुनै योजना नभएको राष्ट्रपति बाइडेनले बताए। अमेरिकाको अपिललाई बेवास्ता गर्दै ओपेकले यस महिनाको सुरुमा प्रतिदिन २० लाख ब्यारेल तेल उत्पादन घटाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण