काठमाडौं–१ को चुनावी मैदानमा खडा भएका प्रकाशमानद्वारा प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सोमबार आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । संसदमा छँदा काठमाडौं क्षेत्र नम्बर १ को शीर निहुराउने गरी आफूले कहिल्यै काम नगरेको स्पष्ट गर्दै उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः आफूलाई जिताउन आग्रह गर्दै प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
आफ्नो प्रतिबद्धतापत्रमा सिंहले संघीय तहमा गर्ने काम, प्रदेश तथा स्थानीय तहमा गर्ने काम र समग्र काठमाडौं क्षेत्र नम्बर १ मा गर्ने कामको फेहरिस्त उल्लेख गरिएको छ । देशको विकास, समुन्नति र सुशासनका लागि कांग्रेसको दृष्टिकोण र संविधानले परिकल्पना गरेको समतामूलक लोकतान्त्रिक समाज निर्माण गर्न ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ को मूल नारासहित राष्ट्रलाई निकास र क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा आएको उनको भनाइ छ ।
काठमाडौं क्षेत्र नम्बर १ मा सिंहभन्दा पहिले राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले पनि आफ्नो एजेण्डा सार्वजनिक गरेका छन् । तर, अन्य उम्मेदवारले भने प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण