काठमाडौं–१ को चुनावी मैदानमा खडा भएका प्रकाशमानद्वारा प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सोमबार आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । संसदमा छँदा काठमाडौं क्षेत्र नम्बर १ को शीर निहुराउने गरी आफूले कहिल्यै काम नगरेको स्पष्ट गर्दै उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः आफूलाई जिताउन आग्रह गर्दै प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
आफ्नो प्रतिबद्धतापत्रमा सिंहले संघीय तहमा गर्ने काम, प्रदेश तथा स्थानीय तहमा गर्ने काम र समग्र काठमाडौं क्षेत्र नम्बर १ मा गर्ने कामको फेहरिस्त उल्लेख गरिएको छ । देशको विकास, समुन्नति र सुशासनका लागि कांग्रेसको दृष्टिकोण र संविधानले परिकल्पना गरेको समतामूलक लोकतान्त्रिक समाज निर्माण गर्न ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ को मूल नारासहित राष्ट्रलाई निकास र क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा आएको उनको भनाइ छ ।
काठमाडौं क्षेत्र नम्बर १ मा सिंहभन्दा पहिले राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले पनि आफ्नो एजेण्डा सार्वजनिक गरेका छन् । तर, अन्य उम्मेदवारले भने प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणले विद्युत नियमन आयोगलाई बुझाएन सेवाशुल्क बापतको ९० करोड ९८ लाख
-
इमरान खानले भने– पाकिस्तान पनि मेरो हो र सेना पनि
-
इजरायलसँगको सम्बन्धबारे ट्रम्पले सिरियालाई गरे यस्तो अपील
-
इरानसँग सम्झौता गर्न चाहन्छु : डोनाल्ड ट्रम्प
-
‘ओलम्पिकमा नेपाल’ को विमोचन
-
सरकारी निकायबाट ४ खर्ब ३५ अर्ब राजस्व तथा भाखा नाघेको ऋणको साँवा व्याज असुल गर्न बाँकी