भैरहवाको बाल सुधारगृहबाट ५ जना किशोर भागे
सोमबार, ३१ असोज २०७९, १६ : ३१
रुपन्देहीको भैरहवामा रहेका बाल सुधारगृहबाट सोमबार ५ जना किशोरहरू भागेका छन् । विभिन्न मुद्दाका ती किशोरहरू सुधारगृहको झ्याल तोडेर गत राति तीन बजे भागेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले दिएको जानकारी अनुसार रुपन्देहीका एक, पश्चिम नवलपरासीका तीन र स्याङ्जाका एक गरी पाँच जना किशोरहरू भागेका हुन् ।
उनीहरूमध्ये तीन जना जबरजस्ती करणी, एकजना चोरी र एक जना लागु औषध मुद्दा अभियोग प्रमाणित भएर सुधार गृहमा राखिएको थियो । १८ वर्ष नपुगेकालाई बाल सुधारगृहमा राख्ने गरिन्छ । बाल सुधार गृहमा क्षमताभन्दा धेरै राखिएको भन्दै यसअघि बाल सुधारगृहका बन्दीले विरोध जनाएका थिए । भागेका किशोरहरूको तीव्र रूपमा खोजी कार्य भइरहेको प्रहरी प्रमुख रेग्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण