मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते
झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् ।
बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नंको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
मृत्यु हुनेमा मे ३ प ५५८० नंका मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे ५ प १६०४ नंका मोटरसाइकल चालक बाह्रदशी–६ का ४३ को भोलाराज भुजेल छन् । भुजेलको मोटरसाइकलमा सवार उनकी पत्नी ४२ वर्षीया चन्द्रकला भुजेल र नौ वर्षीया छोरी प्रशना भुजेल घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकामा उपचारका क्रममा दुवै मोटरसाइकल चालकको बेलुका ५:२५ बजे मृत्यु भएको हो ।
घाइते आमा–छोरीलाई थप उपचारका लागि बिर्तामोड बिर्तासिटी अस्पताल लगिएको छ । दुर्घटनामा संलग्न दुवै सवारी इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित
-
धोबीखोलामा हामफालेकी महिलाको शव बल्खु नजिकै फेला
-
इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइते
-
पत्रकारसँग मन्त्री चौधरी : मन्त्रालय चलाउन उत्साहित, नतिजालाई लिएर चिन्तित
-
‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको दाबी, पुनर्लेखनको प्रयास नगर्न सरकारलाई चेतावनी
-
अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण