सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन विधेयक पारित
काठमाडौँ । राष्ट्रिय सभाले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशका रूपमा प्राप्त उक्त विधेयकमाथिको दफावार छलफलपछि मङ्गलबार बसेको बैठकले यसलाई पारित गरेको हो ।
विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय आवश्यकता र समयको दबाबलाई मध्यनजर गर्दै सौहार्दपूर्ण एवं विवेकपूर्ण ढङ्गले कानुन निर्माण प्रक्रिया अगाडि बढाइएको बताए ।
उनले राष्ट्रिय सभालाई ‘विद्वत सभा’ को संज्ञा दिँदै सांसदहरूबाट प्राप्त रचनात्मक सुझाव र पृष्ठपोषणले विधेयकलाई परिष्कृत बनाउन सहयोग पुगेको उल्लेख गरे।
मन्त्री वाग्लेले भने, ‘हामीले समयको पाबन्दी र राष्ट्रिय आवश्यकता दुवैलाई सँगसँगै लैजानुपर्ने चुनौतीपूर्ण समयमा पनि एउटा उन्नत निकास निकाल्न सफल भएका छौँ, यसले मुलुकलाई अगाडि बढाउन सकारात्मक सहयोग पुग्नेछ।’
सभाका अध्यक्षले निर्णयार्थ प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको घोषणा गरे। यो विधेयक पारित भएसँगै सम्पत्ति शुद्धीकरण निवारण र व्यावसायिक वातावरण सुधारका लागि आवश्यक कानुनी आधार सुदृढ हुने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत
-
उमा भुजेलको संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय भेला आयोजक समिति गठन
-
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
-
प्रदेश सरकारहरू फेरबदल गर्ने कांग्रेस–एमाले पूर्वसहमति कार्यान्वयनमा के छ गृहकार्य ?
-
‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित
-
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण