चुनावमा बालबालिका प्रयोग नगर्ने रुपन्देहीका दलहरूको प्रतिबद्धता
रुपन्देहीका क्रियाशील राजनीतिक दलहरूले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रचारप्रसार, आमसभा र जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकालाई सहभागी नगराउने प्रतिबद्धता जनाएका छन् ।
चाँदनी नेपालले मंगलवार बुटवलमा आयोजना गरेको कार्यक्रममा जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला, प्रदेश र केन्द्रीय तहका नेताहरूले चुनावलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनीहरूले चुनावमा उम्मेदवारको घोषणापत्र र एजेन्डाका आधारमा स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न सहज वातावरण तयार गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् । आपसमा आरोप–प्रत्यारोप तथा मान, प्रतिष्ठामा आँच पुग्ने गतिविधि नगर्ने उनीहरूले बताए ।
नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाण, एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी, माओवादी केन्द्रका संयोजक निर्मल जिसी, एकीकृत समाजवादीका अध्यक्ष अविराम विक, राप्रपाका केन्द्रीय सदस्य तोयनाथ लम्साल, लोसपाका प्रवक्ता मोहम्मद इस्लाम, जसपाका प्रदेश सहसंयोजक नविन सुनुवारले हस्ताक्षर गरेको सामूहिक प्रतिबद्धतामा राजनीतिक दल र उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेलाजस्ता कार्यक्रमलाई अर्को दलले बिथोल्ने वा बाधा–अवरोध नपु¥याउने उल्लेख गरिएको छ । निर्वाचन आचारसंहिता २०७९ को पूर्णपालना गर्ने प्रतिबद्धता पनि दलहरुले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण