चुनाव विरोधी वाल पेन्टिङ गरेको भन्दै धर्मेन्द्र बास्तोला पक्ष कार्यकर्ता पक्राउ
मङ्गलबार, ०१ कात्तिक २०७९, १८ : ००
चुनाव विरोधी वाल पेन्टिङ गरेको भन्दै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना कार्यकर्ता पक्राउ परेका छन् । आगामी प्रदेश र प्रतिनिधिसभा चुनाव वहिस्कारको नारासहित वाल पेन्टिङ गर्नेक्रममा भक्तपुर र मकवानपुरबाट गरी तीन जना पक्राउ परेको नेकपा बहुमतका एक नेताले बताए ।
प्रहरीले भक्तपुर थिमीमा वाल पेन्टिङगरी रहेको अवस्थामा रोजन ढकाल पक्राउ परेका हुन् । ढकाल भक्तपुर जिल्लामा नेकपा बहुमतका इन्चार्ज हुन । यस्तै मकवानपुरको हेटौंडामा वाल पेन्टिङगरी रहेको अवस्थामा हिमबहादुर खड्का र विक्रम मगर पक्राउ परेका छन् । खड्का मकवानपुर जिल्ला इन्चार्ज र मगर जिल्ला संयोजक हुन । नेकपा बहुमतले चुनावमा सहभागी नहुने भन्दै बहिस्कार गर्ने निर्णय गरेपछि पार्टीका नेता कार्यकर्ता चुनाव विरोधी गतिविधि गरेका हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण