गठबन्धनले जिते गाउँ-गाउँमा विकासको लहर : बलदेव
आसन्न मंसिर ४ गतेको निर्वाचनको लागि प्रतिनिधि सभातर्फ कपिलवस्तुको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चक्रपाणि खनाल (बलदेव) ले हलसम्मको राजनीतिक उपलब्धिको रक्षा गर्न गठबन्धनका उम्मेदवारको जीत आवश्यक रहेको बताएका छन् । गठबन्धनका उम्मेदवारले जिते गाउँ–गाउँमा विकासको लहर चल्ने उनले बताए ।
कपिलवस्तुको शुद्धोदनमा सम्पर्क कार्यालयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बलदेवले यसअघिको सरकारले आंशिक रूपमा काम गर्न पाएको र आगामी गठन हुने गठबन्धनको ५ वर्षे सरकारले गाउँ गाउँमा विकास गर्ने बताएका हुन् ।
आगामी चुनावमा देशभर गठबन्धनको जित भएर प्रतिगामी र परिवर्तन विरोधी शक्ति पाखा लाग्ने भन्दै उनले त्यसपछि मात्र गाउँ ठाउँको विकास हुने दाबी गरे । यसअघिको चुनावमा आफूले यस क्षेत्रबाट जित हासिल गरे पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अवरोधको कारण यहाँको प्राप्त विकास गर्न नसकिएको बताए ।
जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न पनि अहिले गठबन्धनले जित्नै पर्ने बलदेवको दाबी छ । कार्यक्रममा एमाले तथा अरू पार्टी त्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यसरी प्रवेश गर्नेमा एमालेका प्रदेश सदस्य लगायत छन् । उनीहरुले एमाले नेतृत्वमा दास भएर बस्न नसकेपछि माओवादीमा आएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण