पाकिस्तानमा चार आतङ्ककारी मारिए
मङ्गलबार, ०१ कात्तिक २०७९, २१ : ४८
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको खारान जिल्लामा प्रहरीले गरेको आतङ्कवाद विरोधी अभियानमा चार जना आतङ्ककारी मारिएका छन् । सिटिडीका अनुसार जिल्लामा आतङ्ककारी गतिविधि गर्ने योजनामा रहेका आतङ्ककारीहरू रहेको सूचनाका आधारमा उक्त अपरेशन गरिएको हो ।
उक्त क्षेत्रमा प्रहरी पुग्दा आतङ्ककारीहरूले अन्धाधुन्ध गोली प्रहार गरेका थिए जसको जवाफी कारबाहीमा ती आतङ्ककारी मारिएका हुन् । झण्डै एक घण्टासम्म चलेको गोली हानाहानमा चार आतङ्ककारी मारिएका हुन् ।
मारिएका आतङ्ककारीहरूबाट हातहतियार, गोली र विस्फोटक पदार्थ बरामद भएको र आतङ्ककारी सञ्जालका बाँकी सदस्यहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण